-सन्तोष कुमार के सी, अर्घाखाची डट्कम।
धनकुटा – सैनिक नागरिक सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेना भिमदल गणको आयोजनामा शहिदभूमी गाउँपालिका ३ छिन्ताङ्गमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
श्री नम्वर २ फिल्ड एम्बुलेन्स गुल्म हिले, जिल्ला अस्पताल धनकुटाका डाक्टर राम प्रसाद पोखरेल अाँखा अस्पताल ,हलेसी डेन्टल किल्निक धनकुटाकोे प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हो ।
२ नम्वर वाहिनिपति सहायक रथि महेश कुमार थापाको प्रमुख आतिथ्यतामा गरिएको उक्त शिविरमा नाक, कान, घाँटी, आँखा परिक्षण, दाँत लगायतका विरामिहरूको स्वास्थ्य परीक्षण गरी औषधी समेत निः शुल्क वितरण गरी, काउन्सिलिङ्ग समेतको सेवा दिईएको आयोजक संस्थाले जनाएको छ ।
जिल्लाको विभिन्न विकट जहां यातायातको असुविधा र बाटाको समस्या रहेको स्थान शहिदभूमी गाउँपालिकामा बसोबास गर्ने स्थानीय जनताहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बालबालिका, जेष्ठ नागरिक लगायत दुई सय ८१ जनाले सेवा लिएको जिल्ला अस्पताल धनकुटाका डाक्टर डेनिस चौधरीले जानकारी दिए ।
शिविरमा भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, ससस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षक दिपक वलामी,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कट्टेल लगायतको उपस्थिति रहेको थियो ।