मैदानको आलमनगरमा कोजाग्रत पुर्णिमाको अवसरमा भव्य सराय नाँच समापन, दशै सकियो

डिआरजी सुमन 
मैदान, अर्घाखाँची । आईतवार  २३ अश्विन २०७९ । पाणिनि गाँउ पालिका ५ मैदान को आलमनगरमा कोजाग्रत पुर्णिमाको अवसरमा भव्य रसभ्य रुपमा सरायनाच सम्पन्न  भएको छ ।
दक्षिण अर्घाखाँचीमा ऐतिहासिक रुपमा मनाईदै आएको कोजाग्रत पुर्णिमाको सराय नाच विगतका केही वर्षकोरोनावायरस को कारण सरायनाच वन्द भएको भएता पनि यस वर्ष भव्य रुपमा मनाईएकोछ । प्रहरी चौकि पालिका प्रमुख असई को नेतृत्व मा आएको नेपाल प्रहरीको टोलीको उच्च सुरक्षाको साथ शान्तिपूर्वक सराय सम्पन्नगराउन महत्वपूर्ण भूमिका निभाएको थियो भने सुचना संचार विभाग को प्रमुखको रुपमा स्वतन्त्र पत्रकार डिआरजी सुमनको महत्वपूर्णभूमिका रहेको थियो । 
आलमदेवी मन्दिरमा दिन-भर नै सुचना तथा संचारको कार्यमा दिनेश गैरे,गिरिराज वेल्वासे “गणेश” र कृष्णगैरे,पाणिनि पत्रकार समाज का महासचिव भिमविसी लगायतको भूमिका महत्वपूर्ण भएकोले संचार र सुचना प्रभावकारी भएको भन्दैआयोजकले सम्मान समेत गरेको छ ।
आईतवार दिन-भर नै पुजाआजा गरिएकोले मन्दिर परिसरमा भिडभाड नै रहेको थियो । आलम देवी मन्दिर व्यावस्थापन मुलसमिति,विभिन्न विभागीय समिती सहित सुरक्षाकर्मी र पत्रकारको सहकार्यमा कार्यक्रम सम्पन्न भएकोमा मन्दिर व्यवस्थापन समितीअध्यक्ष लक्ष्मण पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको छ । 
यस पटक ओमप्रकाश परिवारको नेतृत्वमा रहेको सराय नाचमा,असोकवेल्वासेको नेतृत्वमा स्यामसेवकले सहजीकरण गरेको थियो ,आलमदेवी मन्दिरवाट सुरु भएको सराय नाच,कृष्ण मावी प्रगाढ़ हुदैवाँझिपोखरी पुगेर साँझ समापन भएको हो । – तस्वीर डिआरजी सुमन/मैदान,अर्घाखाँची ।

अन्य समाचारहरु