मैदान अमजामा भलिवल खेल प्रतियोगिता सम्पन्न,रोईला ग्रुप पटौटी प्रथम र वालसिद्ध दमार उपविजेता ।

डिआरजी सुमन 
मैदान, आईतवार ३०,अश्विन २०७९ । अर्घाखाँची । पाणिनि गाँउ पालिका ५ मैदानको तल्ला अमजामा अमजा युवा कल्व द्वारा अश्विन २८देखी ३० सम्म संचालित भलिवल खेलमा प्रथम पुरस्कार २० हज़ार,दोस्रो १३ हज़ार ,तेस्रो ०७ हज़ार कप मेडल र प्रमाण पत्र प्रदानगरिएको थियो । पाणिनि गाँउ पालिका ५,अमजा युवा कल्व को आयोजनामा संचालित भलिवल खेलको मुख्य रेफ्री पाणिनि स्पोर्ट्सएकेडमी का भरत पुनः र सहायक रेफ्री सागर जीएमलाई मायाको चिनोले सम्मान गरिएको हो ।
पाणिनि गाँउ पालिका को अमजामा संचालित भलिवल खेलमा प्रथम स्थान रोईला समूह पटौटी, द्वितीय वाल सिद्ध कल्व दमार र तृतीयस्थान सन्धिखर्कले हासिल गरेका छन । 
पाणिनि गाँउ पालिका वडा नं ५ द्वारा विनियोजित ५० हज़ार रक़म मार्फ़त खेल संचालन गरिएको भलिवल खेल संयोजक टिकाराष्कोटीले जानकारी गराउनु भएको हो । पाणिनि गाँउ पालिका ५,अमजामा सम्पन्न कार्यक्रममा कल्वका अध्यक्ष मिलन सूर्यवंशीले युवाकेन्द्रित खेलकूदलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गर्न स्थानीय जनप्रतिनिधीलाई आग्रह गर्दै औपचारिक कार्यक्रम समापनभएको जानकारी गराएका थिए । 
पाणिनि गाँउ पालिका द्वारा पछिल्लो समयमा खेलकुदका कार्यक्रममा सम्बोधन गर्ने प्रयास भई रहेको प्रति सन्तुष्टि व्याक्त गर्दै राष्ट्रीयतथा अन्तर्राष्ट्रीय रुपमा खेल खोल्ने खिलाड़ीलाई सम्मान गर्न पाणिनि स्पोर्ट्स एकेडमी का अध्यक्ष भरत पुनले सम्बन्धित निकाय लाईध्यानाकर्षण गराएका छन । – तस्वीर डिआरजी सुमन/मैदान अर्घाखाँची ।

अन्य समाचारहरु