पणेनाको शिवशक्ति आश्रममा २२ औँ व्रह्म वैवत् महापुराण धार्मिक अनुष्ठानसंचालन,दर्शनार्थीको उल्लेखनीय सहभागिता

डिआरजी सुमन 
पाणिनि गाँउ पालिका वडा नं १ पणेना स्थित कैलासडाडामा रहेको शिवशक्तिआश्रममा अश्विन २५ देखी ३१ सम्म २२ औँ व्रह्म वैवत्महापुराण धार्मिक अनुष्ठानसंचालन भएको छ । 
देशकै सयौँ पर्यटकीय गन्तव्य मध्येको एक स्थल महर्षि पाणिनि तपोभूमि कोकाखमा रहेको शिवशक्ति कैलाल आश्रममा प्रत्येक वर्षहुने पुराणहरु र धार्मिकअनुष्ठान हुने गरेको भएता पनि विगतका दुई वर्षमा कोरोना कहरको कारणस्थगित गरिएका कार्यक्रम यसवर्षदेखी पुनः संचालन गरिएको छ । 
शिवशक्ति आश्रम कैलाश डाडामा संचालित २२ औँ व्रह्म वैव्रत महापुराण धार्मिकअनुष्ठानको चौथो दिन सम्म २५०० जनाले भ्रमणगरेको शिवशक्ति आश्रम मन्दिरव्यावस्थापन समिती का चिरन्जीवी पौडेलले जानकारी गराउनु भएको छ । 
एक हप्ता सम्म संचालन हुने २२ औँ व्रह्म वैव्रत महापुराण धार्मिक अनुष्ठानसंचालन भएको चौथो दिन शुक्रवार का दिन पाणिनि गाँउपालिका स्थित नेपालराष्ट्रीय मावी, सरस्वती मावी, सत्यटारी आधारभूत विद्यालय र पाणिनि आधारभूतविद्यालय पणेना का विद्यार्थी  तथा शिक्षक सहितको उपस्थित रहेको सरस्वतीमावी का प्रधानाध्यापक गोहेन्द्र भट्टराईले जानकारी गराउनु भएको छ । 
सार्वजनिक विदाको दिन भएकोले शनिवार श्रद्धालुहरुको उल्लेखनीय उपस्थितहुने संभावना रहेको जनाउदै सोही वमोजिमआयोजकले तयारी पत्रकार चन्द्रमणीभट्टराईले जानकारी गराउनु भएको छ । यसैगरी आईतवार हरिहर मावीपोखराथोक को उपस्थितरहने वताईएको छ । पाणिनि गाँउ पालिका स्थित सवैविद्यालय,सरकारी कार्यालय तथा निजी क्षेत्रमा पत्राचार भएकोलेकार्यक्रमअवधिभर उल्लेखनीय उपस्थितको संभावना देखिएको छ ।
पाणिनि गाँउ पालिकाको सुन्तला पकड़ क्षेत्र सिम्लेको सुन्तला वगैचाकोदृश्यावलोकन सहित यस स्थान कै संभवत एकमात्र कमलपोखरीको सौन्दर्यतारहेको कैलास डाडामा सयौँ प्रकारका फलफुल,जडिवुटी ,रुद्राक्षका विरुवा भएकैकारण पनि आन्तरिक तथावाह्य पर्यटकका लागी आकर्षण वनेको छ ।
यस पटक २५,००० पच्चीस हज़ार वढी धार्मिक पर्यटकले दर्शन गर्न सक्ने अनुमानगरिएको शिवशक्ति कैलाश आश्रमका पुजारीभाष्कर पौडेलले स्वतन्त्र पत्रकारडिआरजी सुमन सँग वताउनु भएको छ । शिवशक्ति आश्रममा संचालितसप्ताहमा लक्ष्मी नारायणमरासीनीको मुखारविंदवाट कथा,पारायण तथा प्रवचनभएको छ । 
पाणिनि गाँउ पालिका १ पणेना स्थित कैलाश आश्रममा संचालित २२ औँ व्रह्मवैव्रत महापुराण धार्मिक अनुष्ठान कार्यक्रम आगामीअश्विन ३१ गते विधिवत्रुपमा समापन गरिने आयोजकले जनाएको छ । – तस्वीर डिआरजी सुमन/पणेना,अर्घाखाँची । 

अन्य समाचारहरु