पाणिनीको स्थानीय सरकार चाडवाडको मुखमा सामाजिक सुरक्षा भत्ता लिएर गाँउटोलमा

डिआरजी सुमन 
पाली, शुक्रवार, ०४ कार्तिक २०७९ । अर्घाखाँची, स्थानीय निकाय निर्वाचनमा जनप्रतिनिधिहरुले प्रतिबद्धता ज़ाहिर गरे वमोजिम दिपावलीनजिकिदै गर्दै पालीका जनताले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न वैक पुग्नुको सट्टा स्थानीय निकाय का जनप्रतिनिधी र कर्मचारी वैककाकर्मचारी लिएर गाँउटोलमा पुगेरै सेवा प्रदान गर्न थालेका छन ।
पाणिनि गाँउ पालिका ०८ नं वडा कार्यालयले आफ्नै गाँउमा सामाजिक सुरक्षा भत्ता लिएर आएको कार्यले स्थानीय जेष्ठनागरिकहरुसन्तुष्ट भएका छन । स्थानीय जेष्ठ नागरिकहरुको पिडालाई मध्यनजर गर्दै स्थानीय निर्वाचनका बेला आफुहरुले गरेको प्रतिवद्धता पुरागर्न सहयोगि भुमिका निर्वाह गरेको पाण्डेले बताउनुभएको छ ।
 पाणिनि गाँउ पालिका ८ को वलेघाटमा सम्पन्न सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा ०८ नं वडा अध्यक्ष रोम वहादुर पाण्डे ,वडासदस्य पम्फा विक, अऐयावदिन मियाँ,वडा सचिव कमल प्रसाद न्यौपाने , एनआईसी एसिया वैक का प्रतिनिधि रिता अधिकारी र रेखाअधिकारी सहभागिता रहेको थियो ।
पाणिनि गाँउ पालिका वडा नं ८ स्थित वलेघाट,डान्जा, मधुलेख,धोविघाट ,वरपाटा,थाम,डाडाटोलका स्थानीय वाँसी ले सामाजिक सुरक्षाभत्ता पाउने गरी व्यावस्था गरीएको वडा अध्यक्ष रोम वहादुर पाण्डेले वताउनु भएको छ । सामाजिक सुरक्षा भत्ता लिने सम्बन्धितसेवाग्राहीलाई चाडवाडको नजिक वैकमा गएर लाईन वस्ने झन्झटवाट उन्मुक्त गराउन टोलटोलमा कार्यक्रम ल्याईएको वडा सचिव कमलप्रसाद न्यौपानेले स्वतन्त्र पत्रकार डिआरजी सुमन सँगको रिपोर्टिंगमा वताउनु भएको छ । – तस्वीर डिआरजी सुमन/पाली अर्घाखाँची ।

अन्य समाचारहरु