पाणिनि गाउँपालिका द्वारा टोलटोलमा सामाजिक सुरक्षा भत्ता बितरण

बिनोद श्रेष्ठ  ,अर्घाखाची डट्कम   । 
अर्घाखाँचीको पाणिनि गाउँपालिकाले टोलटोलमा सामाजिक सुरक्षा भत्ता बितरण गराएको छ । पाणिनि 
गाउँपालिका वडा न.८ अन्डाडा(बरारुख) मा हिजो बृद्धभत्ता बितरण गरिएको हो । 
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित वडा अध्यक्ष रोम बाहादुर पाण्डेले हिजो बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्नुभएको छ । 
हिजो बितरण गरिएको सामाजिक सुरक्षा भत्तामा धेरै जसो बृद्धहरुको भत्ताबाट ५०० कटौती गरेर भत्ता बितरण गरेको भन्दै बृद्धहरुले गुनासो गरेपछि पाणिनि गाउँपालिका वडा न. ८ को वडा अध्यक्ष रोम बाहादुर पाण्डेले यसबारे प्रस्ट पार्दै ” SMS सिस्टम प्रयोग गरेको कारण बर्षको ३०० (तीन सय) काटिएको र २०० (दुई सय) बृद्धहरुकै खातामा रहेको हुदा नडराउन र भत्ता तलमाथि नभएको र कहिने पनि त्यस्तो नहुने बताउनु भएको छ ।

अन्य समाचारहरु