पाणिनीमा पाँच दलिय गठवन्धनद्वारा संयुक्त रुपमा चियापान तथा दीपावली शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

डिआरजी सुमन 
दुर्गाफाँट, सोमवार कार्तिक २०७९ । अर्घाखाँची । पाणिनि गाँउ पालिकामा पाँच दलिय गठवन्धन द्वारा संयुक्त रुपमा चियापान तथा दीपावलीशुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । पाणिनि गाँउ पालिका वडा नं ३ दुर्गाफाँटमा सोमवार आयोजित कार्यक्रममा पाँचदलिय गठबंधनका तर्फवाट प्रतिनिधि सभा सदस्य, लुम्बिनी प्रदेश सभा सदस्य का पदमा उम्मेदवारी दिएका पुष्पा भूसाल र कमल प्रसादभुसाल सहित पाँच दलिय गठबन्धन अन्तर्गतका पार्टीका जिल्ला स्थित सिर्सस्त नेताहरुको मन्तव्य रहेको कार्यक्रममा पाणिनि गाँउपालिका स्थित गठबंधन का अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
पाणिनिको दुर्गाफाँटमा सम्पन्न कार्यक्रममा गठबंधन अन्तर्गतका पार्टीका नेताहरुले आ-आफ्ना कार्यकर्तालाई यस निर्वाचनमा कुनैपनिकमज़ोरी नगरी गठबंधनका पक्षमा प्रचार प्रसारमा जुट्न कडा निर्देशन दिएका छ  । नेपालीहरुको महानपर्व तिहार अर्थात् दीपावलीशुभकामना आदान-प्रदान सहित दुर्गाफाँटमा निर्वाचन लक्षित गठबंधनको भेटघाट कार्यक्रममा नेपाली कांग्रेस सभापति केशव श्रेष्ठ र लुम्बिनी प्रदेश सह महामंत्री मुस्कान ले आगामी निर्वाचनमा गठबंधनको विजयको लागी ईमानदारीताका साथ लाग्न र प्रतिफलआउनेगरी काम गर्न मातहतका सवै नेतृत्वलाई आग्रह गरेका छन । 
पाणिनि गाँउ पालिका को केन्द्र दुर्गाफाटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ,सचिव अच्युत गौतम, प्रदेश सभापति हेमन्त वेल्वासे, प्रदेश सह महामंत्री विष्णु मुस्कान, नेपाली जनसम्पर्क समिती भारतका वाल कृष्ण पाण्डे र महेन्द्र भूसाल , जनमोर्चाको तर्फवाट शेर वहादुर विसी, गोपाल पौडेल, समाजवादी को तर्फवाट जिल्ला सचिव युवराज पौडेल , माधव पोखरेलसहितका नेताहरुको उपस्थित रहेको कार्यक्रम समग्र रुपमा निर्वाचन लक्षित रहेको थियो । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट,अर्घाखाँची ।

अन्य समाचारहरु