कालीकोटको विष्फोटमा ४ वर्षीया थापाको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

कालीकोट: कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा भएको विष्फोटनबाट घाइते भएको ४ वर्षीया झरना थापाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । 
विष्फोटबाट अरू चार जना घाइते भएका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी थप उपचार गर्न सुर्खेत पुर्‍याइएको छ । 
विष्फोटमा रानावाडाका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् । 
बच्चा खेल्ने क्रममा नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए । विष्फोट भएको बम कुन हो भन्ने नखुलेको पनि शर्माले जानकारी दिए । यस विषयमा सेना र प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । -एपी