शितगंगामा गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन

– नबिन 
अर्घाखाँची । अर्घाखाँचीमा वाम लोकतान्त्रीक गठवन्धनका उम्मेद्वारहरूलाई विजयी गराउन विभिन्न मोर्चा बनायर चुनाव केन्द्रित अभियानलाई तिव्रता दिएको छ । बुधबार शितगंगा नगर स्तरिय वाम लोकतान्त्रीक गठवन्धनको चुनाव प्रचार प्रसार मुल समितिले पत्रकार सम्मेलन गरि आफ्ना निर्णय सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विवेक गैरेले १४ वटै वडामा निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकाी दिए । जसमा वडा नं.१ मा सन्त व. सारु, २ मा यादव आले, ३ मा सुमन्त पौडेल, ४ मा डिल बहादुर गुरुङ, ५ मा राम प्रसाद भुसाल, ६ मा गोविन्द पोख्रेल, ७ मा गिरि बैजाली, ८ मा लक्ष्मण सुनार, ९ मा चुमानसिंह परियार, १० मा ठग बहादुर पन्थी, ११ मा शोभाकान्त आले, १२ मा यमलाल अर्याल, १३ मा डुकलाल वि.सी., १४ मा धन व . पुन, संयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरिएको बताए ।
साथै नगर भित्रका सबै वाडमा चुनाव प्रचार प्रसारलाई तिव्र रुपमा संचालन गर्नका मोहन पन्थीको नेतृत्वमा वाम गठवन्धन दलका नगरस्तरिय कमिटीका पदाधीकारी र सदस्य तथा वडा स्तरिय पदाधीकारी तथा सदस्य सबै टोल कमिटी पराधीकारी तथा सदस्यहरु सबै नगर र वार्ड स्तरका जनवर्गिय संगठन का पदाधिकारी तथा सबै सदस्यहरू रहने गरी २२७५ जना रहेको नगरस्तरिय प्रचार प्रसार कमिरी गठन गरियको मोहन पन्थीले बताए ।
चुनावलाई तिव्र रुपमा प्रचार प्रसारको लागि सावित्रा वेल्वासेको संयोजकत्वमा ११ सदस्य महिला संजाल र विक्रम आचार्य संयोजक रहेको ५ सदस्सिय सुचना तथा संचार समिती साथै शितगंगा भीत्रका सबै वार्डलाई समेट्ने गरि सुर्य प्रसाद अधिकारी संयोजक रहेको चुनाव सचिवालय समिति बनायको समितिका सदस्य मणि अधिकारीले बताए ।
  
कार्यक्रम विवेक गैरेको अध्यक्षता, मोहन पन्थीको स्वागत र विक्रम आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु