बिदेशमा भएको साथीलाई चिठ्ठी !

-गंगा सागर खड्का
प्रिय मित्र: 
यती बेला तिमी सात समुन्द्र पारी छौ ! डिउटी सकेर आएपछी मोबाइल हेर्छौ , ! सामाजिक सञ्जाल भरि चुनाबको खुब चर्चा चलिरहेको छ । मङ्सिर ४ अब नजिकिदै छ । 
गाउ – गाउ र चोकमा गल्लीमा यसपाली  कसलाई भोट दिने , कल्ले जित्छ भन्ने कुरा मात्र सुनिन्छ साथी ! तिमी हामीले गलत नेतृत्व चुनेर पठायौ र रक्सी र मासुमा बिक्यौ भने , तिम्रो र हाम्रो हातमा हरियो पासपोर्ट लिएर नेपालको जमिन छोड्नू शिवाय अरु केही हुने वाला छैन । बिकास त अलि परको कुरा हो !
 हिजो तिम्रो घरमा गएको  थिए ति बुढी आमाले आखाभरी आशु लिएर मलाइ देखेर रुनु भयो म झन भावुक भए ! ” पिडा निकै गहिरो थियो साथी ” ढाटेको हैन !  यस्तै  नेता लाइ भोट दिएको परिणाम हो ,  गएको  चुनावको बेला जिन्दावाद ! जिन्दावाद !! भन्दै खुब उफ्रिएका थियौ हामी हैन र ? कि बिर्सियौ ? चुनाव सकीएपछी तिमी पासपोर्ट बोकेर बिदेश तिर लाग्यौ , कती भारततिर ! खै कहाँ गए तिनी बिकासका नारा , र समृद्ध नेपालका नारा ? 
त्यसैले  साथी ! तिमी बिदेशमा भए  पनी तिम्रा घरपरिवार , आफन्त , गाउ -समाज लाइ राम्रो सल्लाह दिएर भोट परिवर्तन गर्न तिम्रो पनी महत्वपूर्ण भुमिका हुनेछ ।