इलाम — इलाम क्षेत्र नम्बर १ मा मतगणनाको सुरुदेखि नै पछाडि रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोप लगाउँदै पुन: मतदानको माग गरेका छन् ।

कर्मचारीतन्त्रका कारण मतगणना एकलौटी भएको आरोप लगाउँदै खनालले पुनः चुनावको माग गरेका छन् । विगतदेखि यस क्षेत्रबाट सांसद जित्दै आएका खनाल यो पटक मत गणनाको सुरुदेखि नै पछाडि छन् ।पछिल्लो मत परिणाम अनुसार उनी एमालेका महेश बस्नेतभन्दा २४ सय ५५ मतले पछाडि परेका छन् ।

बस्नेतले १८ हजार ५४२ मत ल्याउँदा खनालले १६ हजार ८७ मत प्राप्त गरेका छन् । नेकपा एसका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनाल सत्ता गठबन्धनकातर्फबाट उठेका हुन् ।
– कान्तिपुर



