– अर्घाखाची डट्कम।
काठमाडौं । नेपाली गीत संगीतमा लामो समय देखि क्रियाशिल तेजेन्द्र दुराको शब्द संगीतमा “गाईखुर डाँडैमा” बोलको गीत सार्वजनिक भएको छ । एरेन्जर, गायक तथा सिर्जनामा राम्रो कलाकारको रुपमा ऊनी चर्चित छन् । उनको सिर्जना आवाज तथा एरेन्जमा धेरै गीतहरु बजारमा आइसकेका छन् ।

गाईखुर डाँडैमा एउटा ठाउँ विशेषलाई आधार मानेर सिर्जना गरिएको गीत हो।जुन गीत हेरेपछि श्रोता दर्शकको यतिबेला राम्रो प्रतिक्रिया आएको छ ।

तेजेन्द्र दुराको एरेन्जर शब्द र संगीत भित्र देवी थापाले आवाज दिएकी छिन् ,भने कृष्ण लामिछानेले मिक्सिङ गरेका हुन।मंगलम रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको गीत देवी थापाको आफ्नै युटुब च्यानलमा हेर्न सकिन्छ ।
उक्त गीतको भिडियो लिन्क :-
https://youtu.be/dxLbc1vaYhk



