कोरियामाथि घानाकाे रोमाञ्चक जित, जोगायो नकआउटको सम्भावना


-एजेन्सी

दक्षिण कोरियामाथि रोमाञ्चक जित निकाल्दै घानाले विश्वकप फुटबलमा नकआउटको सम्भावना कायम राखेको छ। कोरियासँग पराजित भए एक खेल अघि नै समूह चरणबाट बाहिरिने अवस्थामा पुगेको घानाले दबाबकाबीच सुखद नतिजा हात पारेको हो। अब अन्तिम खेलमा घानाले उरुग्वेसँग खेल्ने छ। पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको थियो।

यता घानासँग पराजित भएको कोरियाको पनि अघिल्लो चरणको झिनो सम्भावना कायम छ। तर अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्नुपर्छ। पोर्चुगललाई पराजित गरे पनि अन्य टोलीको नतिजामा भर पर्ने छ। घानाको मात्रै एक अंक छ। समान अंक भएको उरुग्वेले आज राति पोर्चुगलसँग खेल्नेछ।

घानाको जितमा कुदुस मोहम्मद नायक बने। पहिलो हाफमा एक गोल गरेका उनले दोस्रो हाफमा बराबरी भएको अवस्थामा निर्णायक गोल गरे।

खेलको ६८ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घानाको विजय सम्भव भएको हो।

त्यसअघि पहिलो हाफको ३४ औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए। घानाका लागि पहिलो गोल २४ औं मिनेटमा मोहम्मद सलिसुले सुरुवाती अग्रता दिलाएका थिए।

images

पहिलो हाफमा २–० को अग्रता लिए पनि दोस्रो हाफमा ३ मिनेटको फरकमा कोरियाले २ गोल गरेपछि घाना तनाबमा परेको थियो।

images

तर ७ मिनेट पछि कुदुसले टोलीको उद्धार गरे। कोरियाका लागि दुवै गोल चो ग्यासङले गरे। उनको दोहोरो गोलका बाबजुद पनि टोली विश्व्कपबाट बाहिरिने संघारमा पुगेको छ।

images