रूपन्देही । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अहिलेसम्म नेतृत्वमा रहेकाहरूबाट मुलुकका समस्या समाधान नहुने बताएका छन् । शनिबार बुटवलमा प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका हुन् ।

‘३० वर्षदेखि नेतृत्व गरेकाहरूबाट मुलुकले निकास पाउदैन, अब नयाँ नेतृत्व नयाँले पाउनुपर्छ, हामीले त्यो घोषणा गरेर चुनावमा गएका हौं अब कार्यान्वयनको लागि पहल गर्छौं,’ उनले भने ।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले अब सबै पार्टीबाट नयाँ क्षमतावानले अवसर पाएर नै देशको विकास गर्ने बताए । अहिलेको नेतृत्वबाट चुनौतीको समाधान गर्न नसक्ने प्रष्ट भएको बताउँदै नेता भण्डारीले आफ्नो विचार समूहबाट नयाँ जोसका साथ निर्वाचित भएको बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने र त्यो उसको उमेरले नभई क्षमतामा निर्भर हुने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धनभित्र बसेर सहमति उनको भनाइ थियो ।

पार्टीभित्र र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै पुग्ने बताउँदै अब व्यक्तिको भन्दा विधिको कार्यान्वयन गर्नका लागि लाग्ने भण्डारीले बताए ।नेपाल प्रेसले उल्लेख गरेको छ। कांग्रेस नेता चन्द्र भण्डारी भन्छन्ः तीन दशकदेखिको नेतृत्व नफेरेसम्म देशको विकास सम्भव छैन

रूपन्देही । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अहिलेसम्म नेतृत्वमा रहेकाहरूबाट मुलुकका समस्या समाधान नहुने बताएका छन् । शनिबार बुटवलमा प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका हुन् ।

‘३० वर्षदेखि नेतृत्व गरेकाहरूबाट मुलुकले निकास पाउदैन, अब नयाँ नेतृत्व नयाँले पाउनुपर्छ, हामीले त्यो घोषणा गरेर चुनावमा गएका हौं अब कार्यान्वयनको लागि पहल गर्छौं,’ उनले भने ।
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले अब सबै पार्टीबाट नयाँ क्षमतावानले अवसर पाएर नै देशको विकास गर्ने बताए । अहिलेको नेतृत्वबाट चुनौतीको समाधान गर्न नसक्ने प्रष्ट भएको बताउँदै नेता भण्डारीले आफ्नो विचार समूहबाट नयाँ जोसका साथ निर्वाचित भएको बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने र त्यो उसको उमेरले नभई क्षमतामा निर्भर हुने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धनभित्र बसेर सहमति उनको भनाइ थियो ।

पार्टीभित्र र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै पुग्ने बताउँदै अब व्यक्तिको भन्दा विधिको कार्यान्वयन गर्नका लागि लाग्ने भण्डारीले बताए ।नेपाल प्रेसले उल्लेख गरेको छ।