दुर्गाफाँट डेरीको प्रथम वार्षिकोत्सव दुर्गाफाँटमा सम्पन्न, पाणिनीबाट नै फरक शैलीको निती नै बनाएर जानुको विकल्प छैन् – कोईराला

डिआरजी सुमन दुर्गाफाँट

शनिवार १७ मंसिर २०७९ अर्खाखाँची । पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँटमा संचालित दुर्गाफाँट डेरी को पहिलो वार्षिकोत्सवपाणिनि गाँउ पालिका को सभा हलमा सम्पन्न भएको छ । पाणिनि गाँउ पालिकाको दुर्गाफाँटवाँसी वावुराम घिमिरे “भुवन” र राम प्रसादभट्टराई को संयुक्त लगानीमा संचालित दुर्गाफाँट डेरी गतवर्ष २०७८ मंसीर देखी प्रारंभ भई डेरीसेवा संचालन भएको राम प्रसाद भट्टराईलेजानकारी गराउनु भएको छ ।

पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँट आसपासका स्थानीय कृषकवाट संकलन भएको दुध अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कस्थित अर्घाखाँची डेरी, जिल्ला गुल्मीको सदरमुकाम तम्घास स्थित ग़ुल्मी डेरी उद्योग र पाल्पा जिल्लाको सदरमुकाम तानसेन स्थितश्रीनगर डेरीमा दैनिक रुपमा खपत हुदै आएको दुर्गाफाँट डेरीका संचालक वावुराम घिमिरेले स्वतन्त्र पत्रकार डिआरजी सुमनसँग वताउनुभएको छ ।


पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँट स्थित दुर्गाफाँट डेरीमा दैनिक ४०० लिटर दुध जम्मा हुने गरेको वताईएको छ । पाणिनि गाँउपालिकाको दुर्गाफाँट डेरीले आफ्नो सेवाक्षेत्र भित्र रहने गाँउ गाँउमा पनि संकलन केन्द्र स्थापना गरी दुध संकलन र वितरण गर्ने गरेको छ। यसलाई जम्मा गरी विविधीकरण र वजारीकरण गर्ने योजना माँ रहेको संचालकको भनाई छ । पाणिनि गाँउ पालिका ले प्रत्येक डेरीमाकम्तिमा फ्याट र एसएनएफ चेक गर्ने मेशिन उपलब्ध गराउनु हुन दुर्गा अधिकारीले सुझाव दिनु भएको छ । स्थानीय सरकारलेकृषकलाई अनुदान होईन लोन को व्यावस्था आवश्यकता रहेको भनाई अभिव्यक्त भएको छ ।

पाणिनि गाँउ पालिका मार्फ़त कृषकलाई दिईने अनुदान प्रणाली आफैमा ग़लत भएको वताउदै यसलाई उत्पादमा आधारित प्रोत्साहन दिनआवश्यक रहेको पशुपक्षी शाखा प्रमुख कृष्ण प्रसाद घिमिरेले धारणा राख्नु भएको छ । पाणिनि गाँउ पालिका कृषि शाखा प्रमुखमेघराज पौडेलले अव अनुदान प्रणाली अन्त्य गरी सुलभ कृषि कर्जा उपलब्ध गराउन पालिका लाई साथ दिने वताउनु भएको छ । पाणिनिगाँउ पालिका स्थित कृषकलाई परेका समस्या कार्यक्रममा प्रस्तुत भएपछि पाणिनि गाँउ पालिका र जिल्ला समन्वय समितिले कृषि तथापशुपालन क्षेत्रमा समसामयिक तरवले विकास गर्नेगरी योजना वनाउन सम्बन्धित कृषि शाखा तथा पशु शाखा प्रमुख मार्फ़त योजनावनाउन कृषकलाई आग्रह गरेका छन ।

 

पाणिनि गाँउ पालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जिव नारायण कोईरालाको प्रमुखआथित्यता,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेको विशिष्ट आथित्यता,पाणिनि गाँउ पालिका कृषि शाखा प्रमुख मेघराजपौडेल तथा पशुपंक्षी शाखा प्रमुख कृष्ण प्रसाद घिमिरे,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पत्रकार माधव वेल्वासे लगायतको आथित्यतारहेको कार्यक्रमको स्वागत मंतव्य दुर्गाफाँट डेरीका संचालक राम प्रसाद भट्टराईले गर्नु भएको थियो । पाणिनि गाँउ पालिकाको सभाहलमा आयोजित वार्षिकोत्सव कार्यक्रमको संचालन वावुराम घिमिरेको रहेको थियो जसमा कार्यक्रमको अध्यक्षता राम प्रसाद गैरे ले गर्नुभएको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु