पाणिनीलाई आलुवीउमा आत्मनिर्भर बनाउने लक्ष्यमा धातिवाङको श्यामलाल कृषि फार्म (फोटो सहित)

-डिआरजी सुमन, अर्घाखाची डट्कम। 

धातिवाङ, विहिवार, २२ मंसिर २०७९ । अर्घाखाँची,पाणिनि गाँउ पालिका वडा नं ६ धातिवाङ स्थित श्यामलाल कृषि तथा मौरिपालन फ़र्म मायतिवेला लाखौको विउ आलु उत्पादन भईरहेको छ । पाणिनि गाँउ पालिकामै उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेगरी विगत तीन वर्षदेखी आलुवीउ उत्पादन लाई नै प्राथमिकतामा राखेर पेशागत कृषि प्रणालीमा लागेको श्यामलाल कृषि तथा मौरीपालन फ़र्मका प्रोप्राईटरश्यामलाल पौडेलले स्वतन्त्र पत्रकार डिआरजी सुमनसँग वताउनु भएको छ ।

पाणिनि गाँउ पालिका ६ धातिवाङको जिमिरेमा २१ ओटा अस्थायी टनेल र १ स्थायी टनेल निर्माण गरी व्यावसायिक कृषि पेशासुरुगरेका पौडेललाई यतिवेला स्थानीय सरकार र कृषि ज्ञान केन्द्र अर्घाखाँचीले समेत सपोट गरेको छ ।

पाणिनि गाँउ पालिकामा उदाहरणीय कार्य गर्नेगरी वीउ आलु उत्पादमा लागेका पौडेलले गतवर्ष ४२ क्वीनटल आलु भैरहवा स्थितचिस्यान केन्द्रमा पुग्याएका पौडेलले यसवर्ष १२५ क्लवीट लक्ष्य विउ उत्पादन गर्नेगरी योजना वनाएको वताउनु भएको छ । पाणिनि गाँउपालिका को ५०% अनुदान र व्याक्तिगत ५०% लगानीमा संचालन गरिएको आलुविउ उत्पादन कार्यक्रम लाई आगामी वर्षमा पाणिनिगाँउ पालिका लाई आवश्यक आलुविउ उत्पादन गरी पाणिनि गाँउ पालिका लाई आलु विउ उत्पादन को क्षेत्रमा आत्मनिर्भर वनाउनेलक्ष्यमा लागेको वताउनु भएको छ ।

पाणिनि गाँउ पालिका ६ धातिवाङ स्थित वाँझो जग्गा लिजमा लिएर संचालनमा आएको कृषिफ़र्मवाट कामदारको अभावमा पनि उत्पादनमा ह्रास आएको छैन । कृषि पेशा अवलम्बन गरी स्वरोज़गार वन्न चाहाने युवाहरुको लागीफुलटाईम र पार्ट टाईम रोज़गार को पनि अवसर रहेको फ़्रॉमका संचालनक पौडेलले वताउनु भएको छ।

तस्वीर- डिआरजी सुमन/धातिवाङ,अर्घाखाँची ।

अन्य समाचारहरु