छत्रदेवको चिदिका तुमचौर आफ्नै श्रीमानको घाँटी थिंचेर हत्या

लक्ष्मण घिमिरे ।

अर्घाखाँची । छत्रदेव गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।

बलबहादुर र लक्ष्मी बिच मंसीर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोंकमा लक्ष्मीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी थिंचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार लक्ष्मीले पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्डाई मारेको बयान दिएकी छिन् । हत्या गरेपछी आफुलाई श्रीमानले कुटपिट गरेको भन्दै गाउँमा गुहार मागेकी थिईन् । सार्की दाम्पतीले झगडा हुनु पहिला रक्सी सेवन गरेका थिए ।

लक्ष्मीलाई पक्राउ गरीएको र अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको डिएसपी रिजालले बताए ।