
-कुलेन्द्र, अर्घाखाची डट्कम सम्बाददाता ।
जाजरकोट: जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ४ मा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप छेडागाड नगरपालिका ५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लैजादै गर्दा एक्कासी अनियन्त्रीत दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटना परि ८ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चुदाँलीले नागरिक मतलाई जानकारी दिए । थप विवरण आउँदै ।



