गुल्मी : शैक्षिण भ्रमणका लागि मुस्ताङ गएका विद्यार्थीको बसको ढोकाबाट खसेर मृत्यु

 

 

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका-४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ।

गुल्मीबाट शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ना१ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका-७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घटना स्थलबाट अस्पताल ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम आइपुगेको बस मंगलबार बिहान करिब ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर विद्यार्थीको मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपी कृष्ण सुवेदीले जानकारी दिए।

roadblock image

उनका अनुसार बसको ढोकाबाट खसेको विद्यार्थी गम्भीर घाइते भएको र अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको उनले बताए। शैक्षिक भ्रमणमा निस्किएको बसमा २६ जना विद्यार्थी, ९ जना शिक्षक/शिक्षिका र चालक र सहचालक सवार थिए।

बसको ढोकाबाट खसेर विद्यार्थीको मृत्यु भएपछि बससहित बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।- अन्न्पूर्ण पोस्ट