गायक तथा संगितकार सौगात सायरको ‘ तिम्रो याद ‘ नामक आधुनिक गित सार्वजनिक

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

-अर्घाखाची डट्कम सम्बाददाता

तिम्रो याद नामक आधुनिक गित सार्वजनिक भएको छ ।गायक तथा संगितकार सौगात सायरको स्वर तथा एरेञ्ज रहेको आधुनिक गित बजारमा ल्याईएको हो ।सो आधुनिक गितको लुम्बिनी प्रदेशका सासद भोज प्रसाद श्रेष्ठले बुटवलमा लोकापर्ण गर्दै आजदेखि सो गित आर.पि बादल युटुव च्यानलबाट बजारमा आएको हो ।उक्त गितमा संगित तथा निर्माता आर.पि बादल,गितकार पम्फा बन्जाडे,छायाँकन तथा निर्देशक विष्णु भट्टाराईको रहेको छ भने दृश्य निर्माण अविरल फिल्मस्बाट भएको हो ।

No description available.

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सासद भोज प्रसाद श्रेष्ठले गितसंगितको क्षेत्रमा समेत मोफलसल अघि रहेको बताए ।राष्ट्रियस्तरमा हुने गायन तथा नृत्य प्रतियोगितामा रुपन्देहीबाट प्रतिनिधीत्व हुदै विश्वभर पुराउन सफल हुदै आएको बताउदै सासद श्रेष्ठले नेपाली गितसंगितको विकास र संरक्षणमा सवैको चासो आवश्यक रहेको कुरा औँल्याए ।

कार्यक्रममा वरिष्ठ संगितकार सुरेश सेञ्चुरीले गित सोचे भन्दा धेरै राम्रो बनेको बताए । समय अनुसार नयाँ पुस्ताको मनछुने सृर्जना निकाल्न सेञ्चुरीले आग्रह गरे । हिट हुने नाममा कलाकारले समाजमा विकृति ल्याउने खालका गित ल्याउन नहुने बताए । पछिल्लो समयमा कलाकारलाई राज्यबाट नै अवहेलित भएको गुनासो पोखे । नेपाली गितसंगित तथा संस्कृतिको विकासमा राज्यबाट नै चासोको साथ हेरिनुपर्ने संगितकार बताए ।

No description available.

सो गितमा एरेञ्ज तथा स्वर राखेका चर्चित आधुनिक गायक सौगात सायरले दर्शक तथा स्रोताहरुको चाहाना अनुसार गित तय भएको बताएका छन् ।गित निर्माण गर्दा सहयोग गर्नेहरुलाई धन्यवाद प्रकट गर्दै गितसंगितको विकासमा सवै तह लाग्नुपर्नेमा जोड दिए । साथै,सायरले मेला महोत्सवका कारण पछिल्लो समय गितहरुको विकृति आइरहेको भन्दै ब्यावसायीक कलाकारहरुबाट निकालिएका गितहरु ओझेलमा परेको भन्दै दुख ब्यक्त गरे । राज्यले कलाकारलाई पहिचान दिने परिचयपत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

No description available.

कार्यक्रममा गिताकार तथा निर्देशक ऋषिराम न्यौपानेले गित संगित भित्र सन्देश र प्रेरणा भयो भने त्यस्ता सृर्जना जिवन्त हुने बताए ।नेपाली गितसंगितमा विकृति र विसंगति आइरहेको भन्दै यि यस्ता गितहरु परिवारमा बसेर हेर्ने लायक नभएको न्यौपाने बताउदै सभ्य सृर्जन गर्नले कलाकारलाई आग्रह गरे ।नेपाली संगित क्षेत्रको श्रीबृद्धिका लागी चासो देखाउनुपर्ने कुरा औँल्याउदै कलाकार बन्न निश्चत मापदण्ड हुनुपर्ने बताए ।

No description available.

कार्यक्रममा गायक सौगात सायरको माता विष्णुदेवी सुनार,साहित्यकार रुद्र ज्ञवाली,निर्देशक मनिष पन्थ,मोडल दिनेश पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।