
-खेल ,ब्युरो
काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा मंगलबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । मंगलबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीचमा खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

लुम्बिनी लगातार तेस्रो जित निकाल्न चाहन्छ भने पोखरा पहिलो जितको खोजीमा रहेको छ । लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पोखरा २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

यस्तै, मंगलबार नै हुने दोस्रो खेल काठमाडौं नाईट्स र जनकपुर रोयल्सबीच खेल हुँदैछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
जनकपुर तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।



