रुकुम पश्चिममा किसानले उत्पादन गरेको किवी जिल्लामै बिक्री

 

 

1903-x-650_1.jpg

 

– मेगराज खड्का

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका किसानले उत्पादन गरेको चार सय क्विन्टल किवी कर्णाली वेभरेज प्रालिले खरिद गरेको छ ।

How to Grow Kiwi Fruit

आठबीसकोट नगरपालिका वडा नम्बर १२ झिनचौरमा रहेको कर्णाली वेभरेजले आठबीसकोट नगरपालिकासाथै छिमेकी जिल्लाहरूका कृषकहरूले उत्पादन गरेको किवी खरिद गरिएको अध्यक्ष दल बहादुर शाहले जानकारी दिनुभयो ।

Kiwi Fruit Harvest - When And How To Pick A Kiwi

उहाँका अनुसार खरिद गरिएको किवीबाट कम्पनीले जुस उत्पादन गर्ने छ ।  अहिलेसम्म किसानले आफूखुसी किवी बिक्री गरिरहेकामा पहिलो पटक छिमेकी जिल्लाहरू तथा पालिकाको किवी एकमुस्ट बिक्री भएको हो  ।  नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषकहरू खुसी भएका छन् ।

कर्णाली वेभरेजले नगरपालिकाभित्र उत्पादन भएका सुन्तला पनि खरिद गरिने जनाएको छ ।