सितापुरमा भालुको आक्रमणमा परी एक जनाको मृत्यु

अर्घाखाची डट्कम सम्बाददाता ।

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

अन्दाजी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर गोर्खा क्षेत्रीले बताए ।

आज बिहानै भाडा बनाउँन झिरा आउँने क्रममा शितगंगा- २ ओखारी भन्ने ठाउँमा भालुले झम्टेको थियो ।

बस्ती नजिकै झम्टेको ठाउँमा स्थानियहरु तत्कालै पुग्दा भालु सड्कमै थियो । स्थानिय बासीन्दा पुगेपछि भालु भागेको वडा अध्यक्ष क्षेत्रीले बताए ।

घटनास्थलमा स्थानिय जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय ठाडा सहित स्थानिय बासीन्दाहरु जुटेका छन् । उक्त घटनाले स्थानिय बासिन्दामा भालुको त्रास बढाएको छ ।

 फोटो- झनक के सी