शितगंगा बहखोरकी महिलाको हत्या गर्ने ‘सिरियल किलर’ पक्राउ , तीन महिलाको हत्या

 

 

-प्रेमनारायण आचार्य / अनिल नेपाली 

अर्घाखाँची – अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

No description available.

यी दम्पतीले यही यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

श्रीमतीसँग मिलेर हत्या गरेकाे सुशान्तले बताएपछि उनकी श्रीमती शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

No description available.

गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले आज आइतवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

No description available.

उनीहरूलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।