शितगङ्गा नगरसभा : नगरपालिकालाई बिभाजनगरी गाउपालिका बनाउनु पर्ने माग उठेपछि शितगङ्गाको १२औ नगरसभा स्थगित

 

 

-अनिल नेपाली ,अर्घाखाची डट्कम।

अर्घाखाँचीकाे शितगङ्गा नगर नगरपालिकाको नगरसभा स्थगित भएको छ। केहि दिन पहिला बसेको नगर कार्यपालिका बैठकमा नगरपालिकालाई बिभाजित गरि गाउपालिका बनाउनु पर्ने कार्यपालिकाबाट निर्णय गरि प्रदेस र केन्द्रमा सिफारिस गर्नुपर्ने माग उठेपछि सुरु भएको बिबाद दिनप्रतिदिन उत्कर्षमा पुगेपछि नगरसभा नै स्थगित भएको उच्च श्रोतको दाबि छ ।

कार्यपालिका बैठकमा नेकपा एमालेका उपसचिव तथा वार्ड नम्बर ९ का वार्ड अध्यक्ष भिम केसि सहितका केही वार्ड अध्यक्षहरुले नगरपालिकालाई बिभाजन गर्न माग गरेपछि बैठक निर्णय बिना उठेको थियोे ।

नगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठेपछि नगरप्रमुख छबिलाल पौडेलले सितगङ्गा नगरपालिका स्थित स्थानिय राजनीतिक दलहरु पुर्व जनप्रतिनिधि वर्तमान जनप्रतिनिधिहरुको सयुक्त सर्वपक्षीय बैठकको आयोजना गरिएको थियोे ।

बैठकमा सितगङ्गा नगरपालिकालाई विशेष क्षेत्र घोषणा गर्नु पर्ने उपमहानगरपालिका बनाउन माग गर्ने नगरपालिकालाई टुक्राउन नहुने आबाज उठेपछि बिबाद उत्कर्षमा पुगेपछि बुधबार २७ गतेका लागि गर्ने भनिएको नगरसभा स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताए।

नगरपालिकामा उपमेयर सहित नेकपा एमालेको बहुमत छ।