उच्च अदालत पाटनमा सन्दीप लामिछानेको निवेदनमा सुनवाई सकियो

 

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा सुनवाइ सकिएकाे छ । उच्च अदालत पाटनमा लामिछानेको निवेदनमा सुनुवाइ सकिएको हाे।

उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो। उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटा लगायतले बहस गरेका छन्।

यसअघि ३ पटक पेशी चढे पनि सुनवा‍इ हुन सकेकाे थिएन । सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्।