दुई दिने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन तयारी पूरा ‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने

 

-कृष्ण परियार ,बुटवल।

बुटवल । दोस्रो लुम्बिनी प्रदेशस्तरीय ‘सि’ लेभल तथा भेट्रान्स खुला आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ ।

खेलकुद सामग्री उत्पादन र बिक्रीवितरण गर्दै आएको ब्राण्ड युनेक्स, सनराइन, ईनास ईन्टरप्राईजेजको सहयोगमा आशिष स्पोर्ट्स एण्ड म्युजिक सेन्टर, आशिष स्टेशनरीको मुख्य प्रायोजक तथा लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरी आयोजक आशिष स्टेशनरीका संचालक आयुषकृष्ण श्रेष्ठले बताए ।

No description available.

तिलोत्तमा नगरपालिका रहेको ब्याडमिन्टन कोर्टमा पुस २९ र ३० गते दुई दिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको उनले बताए । खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्दै दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको उनले बताए । पहिलो संस्करणमा ‘सि’ लेभल मात्र प्रतियोगिता गरेको भएपनि यसपटक थप भेटान्स खेल समेत थपिएको उनले बताए । दुई ईभेन्टमा हुने प्रतियोगितामा मेन्स डबल्सको उपाधि विजेताले नगद ३२ हजार रुपैया, उपविजेताले नगद २२ हजार रुपैया र तृतिय दुई टिमले जनही नगद १६ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

यसैगरी भेट्रान्स डबल्स ४५ वर्षमाथिको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले नगद १५ हजार रुपैयाँ तथा तृतीय दुई टिमले जनही नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको टप आठमा पुग्ने टिमलाई समेत पुरस्कृत गरिने उनले बताए ।

No description available.

कार्यक्रममा लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि क्याबिनेट सेक्रेटरी सन्दिप कसौधनले सामाजिक कार्यमा युवाहरुलाई अग्रसर गराउन सफल रहेको क्लब खेलकुदमा पनि अग्रसर रहेको बताए । स्वस्थ्यका लागि खेलकुद महत्वपूर्ण हुने भन्दै युवा खेलाडीहरु उत्पादनमा समेत यो प्रतियोगिता आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिन लागेको उनले बताए ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष बिजय बर्नवाल, अर्जुन कार्कीले ‘सि’ लेभलमा १ सय २८ टिम र भेट्रान्सतर्फ ३२ टिमले प्रतिस्पर्धा गर्ने बताए । पहिलो संस्करणमा ‘सि’ लेभल मात्र खेलाउदा ५ लाख रुपैया खर्च भएको संयोजक दुर्गा आले बताए । यसवर्ष भेट्रान्स खेलसमेत जोड्दा साढे ७ लाख बढि खर्च हुने अनुमान रहेको उनले बताए ।