शितगंगा नगरपालिका टुक्राउनै पर्छ: रामजी प्रसाद घिमिरे

 

 

 

-लक्ष्मण घिमिरे, अर्घाखाँची ।

अर्घाखाँची । प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शितगंगालाई टुक्राउनु पर्ने बताएका छन्। टुक्राएर तिन वटा पालिकामा परिणत नगरी शितगंगाको विकास असम्भव रहेको उनले बताए ।

शितगंगामा आयोजित एक सहकारीको कार्यक्रममा मन्तव्य राख्दै एमाले नेता समेत रहेका सांसद घिमिरेले शितगंगालाई टुक्राउँदा विकासले गती लिने बताए। ‘सानो स्रोत भएको देशमा विकास सोंचे अनुरुप नहुँदो रैछ,उनले भने,’शितगंगालाई ३ पालिकामा विभाजन नगरी विकास गर्छु भन्ने कुरा दिवा सपना मात्र हुनेछ ।’

उतिबेला पनि आफुले ३ पालिका बनाउन सल्लाह दिएको स्मरण गर्दै उनले आफु पावरमा नरहेकाले कसैले कुरा नसुनेको गुनासो गरे।

दक्षिणखाँचीको विकास अब नगरपालिका नटुक्राई अगाडी बढ्न नसक्ने उनको धारणा छ।