शितगंगा टुक्राउने कुरा उल्टो बाटो हिंड्नु हो : पुर्व नगरप्रमुख सुर्य अधिकारी

 

 

 

-लक्ष्मण घिमिरे,अर्घाखाँची ।

अर्घाखाँची । शितगंगा नगरपालिकाका  पुर्व नगरप्रमुख  सुर्य प्रसाद अधिकारीले नगरपालिका टुक्राउने कुरा उल्टो बाटो तिर हिंडेजस्तो हुने बताएका छन्।

अहिले नगरपालिका टुक्राउने कुरा मुखले बोलेजस्तो सजिलो नभएको भन्दै उल्टो बाटो तिर नलाग्न उनले आग्रह गरेका छन्। नहुने कुराको पछी लागेर समय बर्बाद पार्नु भन्दा सबै मिलेर शितगंगा नगरपालिकालाई ‘विशेष क्षेत्र’ घोंषणा गराउनेमा लाग्नुपर्ने बताए।

‘नगर फुटाउने कुरा कल्पना मात्र हुनेछ,अधिकारीले भने,’संविधानमै विशेष क्षेत्र बनाउन सकिने प्रावधान छ, त्यता तर्फ ध्यान दिनु पर्छ।’ टुक्राउने कुरा सजिलो नभएको उनको तर्क छ।

सानो तिनो बजेटले ठुलो क्षेत्रको विकास गर्न गाह्रो रहेको भन्दै उनले फुटाएर पालिका बनाएपनि विकास नहुने बताए। ‘विशेष क्षेत्र’ बनाउनू नै नगरको हितमा रहेको बताउदैं अधिकारीले कसैको राजनितीक अभिष्ट पुरा गर्न नगर टुक्राउने कुरा स्विकार्य नहुने बताए।