कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

 

 

-ओमबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौँ बैठकमा शर्माले विश्वासको मत प्राप्त गर्नु भएको हो ।

शर्मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादीको समर्थनमा गत पुस २७ गते प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो

शुक्रबार शर्माले संविधानको धारा १६८ को उपधारा २ र ४ बमोजिम विश्वासको मत पाउ भनी राखेको प्रस्तावमा बहुमत सांसदको समर्थन प्राप्त गर्नु भएको हो ।

शर्माको पक्षमा नेकपा एमालेका १०, माओवादी केन्द्र १३, राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नेकपा एकिकृत समाजवादी एक र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गर्नु भएको थियो । उहाँको विपक्षमा १४ मत परेको थियो