
कर्णाली – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार सरकारलाई पूर्णता दिँदै उनले मन्त्रीहरुको जिम्मेवारी तोकेका हुन् ।
७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको हो । जसमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री बनेका छन् ।

एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बने ।
त्यस्तै माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बने । कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री बन्दा भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका हुन् ।



