धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा नौ जना घाइते, कार्यक्रम स्थगित

 

 

 

धनकुटा। धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीडमा नौ जना घाइते भएका छन्।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।

blog

अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो।

कन्सर्ट हेर्न आउनेको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिनुभयो। आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ। –रासस