फाइल तस्बिर
काठमाडौँ- नेपालमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि सन्दीप लामिछानेलाई समेट्दै नेपाली टिमको घोषणा गरिएको छ ।
फेब्रुअरी १४ देखि त्रिवि मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट संघले सन्दीपलाई समेट्दै टिमको घोषणा गरेको हो । सिरिजमा नेपाल, स्कटल्याण्ड र नामिबिया रहेका छन् ।
सन्दीपमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।



