रास्वपाले थप्यो १६ केन्द्रीय सदस्य, रमेश प्रसाई र ज्वाला संग्रौला पनि समेटिए

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय समितिको आकार बढाएको छ । आज बसेको वैठकले थप १६ जना केन्द्रीय सदस्य मनोनयन गर्दै ४० सदस्य पुर्याएको हो ।

थपिनेमा चर्चिब पब्लिक स्पिकर तथा टेलिभिजन प्रस्तोता रमेश प्रसाई र सामाजिक सञ्जालमा भाइरल ज्वाला संग्राला समेत छन् । प्रसाई ग्यालेक्सी टिभीमा टक शो चलाउँछन् । ज्वाला भने राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर खाली बसेकी थिइन् ।नेपाल प्रेसले उल्लेख गरेको छ।

थपिएका केन्द्रीय सदस्य यसप्रकार छन्:

निशा मेहता

विन्धवासिनी कंसाकार

रुपा संकर

विजय जैरु

मेघ आले

मोहन बहादुर थापा

खुस्बु सरकार श्रेष्ठ

टिका संग्रौला

हरि भट्ट

ध्रुव गिरी

लिमा अधिकारी

रमेश प्रसाई

अर्जुन अधिकारी

क्रान्तिशिखा धिताल

प्रतिभा रावत

गाेमा क्षेत्री