फेब्रअरी १४: विश्वभर आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस मनाइँदै

 

-अर्घाखाची डट्कम।

काठमाडौं । विश्वभर मंगलबार भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदैछ ।

Free vector happy valentines day floral style heart card

 

आजको दिन प्रेमी-प्रेमिकाले एक-अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । भ्यालेन्टाइन्स डेको औपचारिक सुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

Valentine's Day 2023: Origins, Background & Traditions | HISTORY - HISTORY

प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचनाबाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले यस्तो बन्देज लगाएका थिए । तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाएका थिए ।

Valentine's Day (February 14th) | Days Of The Year

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराएका थिए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय समेत सुनाएर जेलमा राखेका थिए । उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर प्रत्येक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको हो ।

How to pamper yourself this Valentine's Day

 

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहाव्यपी रुपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन (किस) डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ।