नामिबियाविरुद्ध नेपालको जित

 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नामिबियाविरुद्ध जित निकालेको छ ।

मंगलबार त्रिवि मैदानमा भएको खेलमा आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध नेपालले सानदार जित निकालेको हो ।

नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गर्‍यो ।

कुशलको शतकसँगै नेपालको कीर्तिमानी जित

कुशल भुर्तेलले शानदार शतक प्रहार पछि नेपालले विश्वकप लिग–२ मा नामिबियामाथि २ विकेटको विजय हात पारेको छ ।