
-माधब भुसाल (साने)
यसरि लखेटिनछ्न मेरो देशका युबा आफ्नै देश बाट
जसरि भित्र्याउन लागेको बालिमा बादर पस्दा गाउँनै मिलेर लखेटिनछ ।
यति अन्धो भैसकेको मेरो देशको न्यायालय
आफ्नै अगाडी च्यात्तिएको चेलिको चोलि देख्दैन ।
यसरि फैलिएका छ मेरो देशमा बेरोजगारीको समस्या
जसरी उपचार न पुगेको कुनै दुर्गम गाउमा महामारी फैलिनछ ।
यसरि अल्झियको छ देश राजनीति कुर्चिमा
जसरि शहरका बिकाश आयोजना गाउँ नपुग्दै बिच्मै अल्मलिन्छ्न ।
नेता ज्यु, तपाईं भन्नुहुन्छ सडक ,खानेपानी ,बिकाश छिट्टै आउछ
हर्नुस प्वाल भयको कुलाबाट खेतसम्म पानी प्वाल न टालि आउदैन ।
देश यसरि सुक्यो केहि समयमै
जसरि डढेलो सुरु भयको आलुको आर्को दिन्नै बोटहरु सुकिजान्छ्न ।
अन्नपात बालिमा त किरा लाग्नु पहिले नै किटनास्क औषधिस छर्कियो भने रोग नियन्त्रण हुन्छ ।
बिचरा मेरो देशमा त भ्रष्टाचार र अनियमितता का किराहरु यति लागेका छन कि तिनलाई मार्न अव कुनै औषधिले काम गर्दैन ।
नेता ज्यु,तपाईलाई त भ्रष्टाचारको किरा लागि सकेको छ, हैन र
अब तपाई जनतालाई भन्नुस तपाईबाट यो भ्रष्टाचारि आचरणबाट हटाउन हामिले कुन औषधि छर्किनु पर्छ ।



