छत्रदेव : १ महिने सैलुन (कपाल काट्ने ) सिप बिकास तालिम शुरु

-अनिल नेपाली,अर्घाखाँची

अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकामा घरेलु तथा साना उधाेगकाे आयोजनामा १ महिने कपाल काट्ने तालिमको हिजाे एक कार्यक्रमका बिचमा वडा न ५ का अध्यक्ष बालकृष्ण पाेखेलले उद्घाटन गनुभएकाे छ ।

No description available.

उद्घाटन गदै अध्यक्ष पाेखेलले सिप मानिसको लागि धेरै महत्त्वपूर्ण रहेको बताउदै सिपलाई सहभागीहरूले महत्त्वपूर्णमा ध्यान दिएर सिकेर सिपलाई व्यबसायीक बनाई जिविकाेपार्जनमा केन्द्रित हुनुपर्ने बताए।

No description available.

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले सिप सिक्ने कुरा ज्यादै महत्त्वपूर्ण रहेकाेले सिपलाई व्यबहारिक रूपमा ग्रहण गरि आत्मनिर्भर र स्वराेजगार बन्न आग्रह गदै यस्ता देख्दा साना देखिने व्यबहारिक महत्त्व ठुलाे भएका तालिम गाउँपालिकाले गराउने बताए ।

No description available.

कार्यक्रममा पत्रकार अनिल नेपाली ,नाई सघका अध्यक्ष तथा प्रशिक्षक दिनेश ठाकुर लगायतका बक्ताले शुभकामना मन्तब्य राख्नुभएको थियोे ।

कार्यक्रम घरेलु तथा साना उधाेग कार्यालयका प्रमुख सन्ताेष खनालको अध्यक्षता सुचना अधिकारी लक्ष्मीनारायण दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा १६ जना प्रशिक्षाथीकाे सहभागीता रहेको कार्यक्रम १ महिना चल्ने घरेलुु तथा साना उधाेग कायार्लय तथ्यांकसहायक बिष्णुमाया सुनारले बताउनुभएकाे छ ।