महाशिवरात्रीका लागि पशुपतिमा सम्पूर्ण तयारी पूरा

 

 

काठमाडौं । महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो ।

शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै तयारी पूरा भइसकेको बताउनु भयो । उहाँले महाशिवरात्री भक्तजनलाई पूजा आराधनाको लागि शनिबार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताउनुभयो । उहाँले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शका लागि लैजान पाउने व्यवस्था गरेको पनि बताउनु भयो ।

पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने छ । मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसि क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनको लागि नेपाली सेनाको विशेष सहयोग हुने छ । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका ४ हजार स्वयंसेवकहरु रहने छन् ।

Nepal Traveller | Nepal's most visited website | A website that is dedicated to promote tourism and Destination Nepal

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेन छन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने छ ।

After a pause of two years, Shivaratri festivity back in Nepal's Pashupatinath

त्यस्तै, जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शन्मार्ग १, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि १, बज्रघर दक्षिणतर्फ १, राममन्दिर नजिक वागमती पारी १ गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । त्यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहने छ ।

त्यस्तै कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रुपमा गुह्वेश्वरी-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट-१ लाइन, मित्रपार्क-जयवागेश्वरी-इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट-१ लाइन, बत्तिसपुतली-गौशाला, एयरपोर्ट-तिलगंगा भएर पिंगलास्थान-सुमार्गी भवन अघिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहने छन् ।

Hindus' biggest festival Shivaratri draws nearly 1 million devotees - CGTN

तिलगंगा राममन्दिरतर्फ समेत आवश्यक्ता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुने छ ।

त्यस्तै, पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागिः तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ । त्यस्तै, एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखि सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यक्ता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइने छ ।

सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महासवशरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।