– अनिल नेपाली ,अर्घाखाची डट्कम।
महाशिवरात्रि पर्वको अवसरमा अर्घाखाँचीको धार्मिक स्थल सिद्धेश्वर मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको छ।अर्घाखाँची जिल्लाकाे सन्धिर्खक नगरपालिका वडा नंं २ स्थित चुत्राबेशीमा रहेको सिदेश्वर मन्दिरमा दर्शनार्थीहरूको बढी भीड लाग्ने गर्छ।
वर्षको हरेक दिन पूजाआजा हुने यस मन्दिरमा महाशिवरात्रिमा विशेष पूजा हुने गर्दछ। आज पनि मन्दिरमा दर्शन गर्न र पूजा गर्नका लागि बिहान देखि नै दर्शनार्थीहरू लाइन लागेका छन्।बिहान देखि लाइनमा लागेका दर्शनार्थीहरूलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाउन मन्दिर व्यवस्थापन समितिले स्वयंसेवक र प्रहरी समेत परिचालन गरेको छ।पूजा गर्न मन्दिरभित्र जाने र फर्किने बाटो फरक बनाइएका कारण पनि दर्शनार्थीहरूको भीड कम हुने गरेको छ।
साथै शिवरात्रिको अवसरमा आज दिनभर भजनकीर्तन समेत गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।गतवर्ष शिवरात्रि दिन हजाराै दर्शनार्थीले मन्दिरको दर्शन गरेकामा यसवर्ष पनि गत बर्षभन्दा साे सङ्ख्या मा बृदि हुने व्यवस्थापन समितिले जनाएको छ।
तस्बिर – अनिल नेपाली ,अर्घाखाची डट्कम।



