आज शिवरात्रीको दिन पनि म तिम्रै याद्को नशामा लठ्ठीएर तिम्रै बारे सोचिरहेछु ।

 

 

No description available.

लेखक :माधब भुसाल ( साने)

को भन्छ नसा लाग्न गाजा ,रक्सि ,धतुरो खानु पर्छ ।
म उनको त्यो आखाको गहिराईमा मन्ध मुक्ध भई

दिलको एक कुनामा अचेत अबस्थामा छु
सम्झदै केहि पुराना याद अनि
सोच्दै उहि पुरानो अनुहार

म गाजा, भाङ ,धतुरो ,रक्सि त केहि खादिन तर पनि मलाई लाग्दैन कि
कसैका प्रेमिल यादहरुमा जुन लठ्ठयाउने नसा छ
त्यो अरु कसैमा सायदै हुन्छ होला ।

म यसरि लठ्ठीयको छु कसैको यादमा अचेल
जसरि परदेश गयको छोरालाई सम्झेर आमा एकोहोरिनछिन ।

यो अरु नसा गर्ने हरुका लागि त गाजा ,रक्सि ,चुरोट जहा तहि न पाहिन पनि सक्छ ।
प्रेमिल याद एउटा यस्तो नसा हो जुन संसार जुनै कुना गएपनि संगै हुन्छ ।

मैले यति धेरै नसा गर्दा पनि किन होला ट्राफिक दाइको मापसे चेकिङ मा

मैले लिएको उनका यादहरुको प्रेमिल नसा किन ट्राफिक चेकिङ मेसिनले देखाउदैन ।

मलाई धेरै भयो यो नसा लागेको
आज फेरि एकपटक औधि लठ्ठीय म उनको म सङ भयको तस्बिर हेरेर ।
जब पहिलो पटक उनलाई म पढ्दै गरेको बिद्यालयमा देख्दा लठ्ठीयको थिय।

जब देखि तिमीलाई देखे नपत्याउदो गरि दिलको धडकन बढयो ।
म प्रतिको तिमीलाई प्रेम गाजा ,भाङ ,धतुरो ,रक्सि भन्दा पनि तेजिलरि मन मुटु भित्र चढयो।

हेर तिमिलाई प्रेम गर्छु भन्न मेरा ओठहरु इराउछ्न ।
अनि तिमीलाई नगरि बस्न मेरो मन हरु आतिन्छ्न ।

त्यसैले मैले आजकाल तिमिसंग प्रेमका कुरा गर्न
तिम्रो फोटो र हाम्रा ति पुराना यादहरुसंग मितेरि गासेको छु ।
म हरेक रात तिमीलाई कल्पिन्छु बोलाउछु अनि उनै तिमीलाई भनेर लेखेका पुराना प्रेमिल चिट्ठीहरु सुनाउछु तिमीलाई सपनिमा ।

आज शिवरात्रीमा पनि मैले गाजा, भाङ्ग, धतुरो केहि खाईन
यसको मतलब यो होइन कि आज म लठ्ठ ,एकोहोरियको अथवा मलाई ,केहि लागेको छैन ।

आज मैले उनको यादमा उनलाई सम्झियर अत्यधिक नसाले भरिएको
उनको आखाको गहिराइमा लठ्ठीएर

तिमि र म पहिलो पटक जहाँ भेटेका थियौ त्यहि ठाँउमा
तिम्रै यादमा यादमग्न नसामा लठ्ठीयर तिमीलाई नै सम्झदै बसिरहेहो छु ।