स्पट फिक्सिङको आरोपमा पक्राउ गरेका तीन जनालाई धरौटीमा छाड्न अदालतको आदेश

 

 

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पक्राउ परेका नितेश गुप्ता, महबुब आलम र आदिल अन्सारीलाई जनही तीन–तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।

नेपाल टी-२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको थियो।

प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको थियो।