पाणिनिमा गाँउ पालिका उपाध्यक्ष पौडेलको अभिव्यक्ति माथी आपत्ति जनाउदै नेपाली कांग्रेसवाट निर्वाचित जनप्रतिनिधीद्धारा अनिश्चितकालीन कार्यक्रम वहिस्कारको घोषणा ।

-डिआरजी सुमन, अर्घाखाँची डटकम् ।

दुर्गाफाँट,अर्घाखाँची डटकम् । पाणिनि गाँउ पालिका उपाध्यक्ष नर्मदा पौडेल को अभिव्यक्ति माथी आपत्ति जनाउदै पाणिनि गाँउ पालिका स्थित नेपाली कांग्रेसवाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधीले उपाध्यक्ष उपस्थित हुने तथा पालिका स्तरीय कुनैपनि कार्यक्रममा आफुहरु उपस्थिति नजनाउने गरी अनिश्चितकालीन हड़ताल सुरु गरेको पाणिनि गाँउ पालिका वडा नं ६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले एक सार्वजनिक कार्यक्रममा खुलासा गर्नु भएको छ ।

पाणिनि गाँउ पालिका वडा ६ मा वुधवार सम्पन्न गरिवी निवारणका लागी आठदिने उद्यम विकास तालिमके समापन सत्रमा पालिका उपाध्यक्षको उपस्थित हुदैगर्दा ६ नं वडाका जनप्रतिनिधीको अनुपस्थिती किन भएन भन्ने स्वतन्त्र पत्रकार डिआरजी सुमनको जिज्ञासामा जवाब दिदै ६ नं वडा अध्यक्ष पौडेलले पालिका उपाध्यक्षवाट आएका अभिव्यक्ति आपत्तिजनक भएको वताउदै आफुहरु उपस्थित नभएको जानकारी दिनु भएको छ । पाणिनि गाँउ पालिका उपाध्यक्षले केही दिन पहिला अंडियों रिपोर्ट सार्वजनिक गर्दै वोलेका विषयमा गंभीर रुपमा छानविन गरी सत्यतथ्य विवरण सार्वजनिक नगरेको अवस्थामा कांग्रेसवाट निर्वाचित जनप्रतिनिधीले अनिश्चितकालीन हड़ताल जारी राख्ने वताउनु भएको छ ।


पाणिनी गाँउ पालिका वडा नं ६ वडा अध्यक्ष पौडेलले आफ्नै कार्यकक्षमा स्वतन्त्र पत्रकार डिआरजी सुमनलाई दिएको जानकारीले हड़तालले कड़ा रुप लिने संकेत गरेको छ । पाणिनि गाँउ पालिका वडा नं ६ का वडा अध्यक्षले गराएको जानकारीको पुर्णपाठ “पाणिनि गाउँपालिकाको मिति २०७९ माघ १६ गतेको गाउँ कार्यपालिकाको बैठकमा उपाध्यक्ष नर्मदा पौडेल गौतमको भनाइ र अध्यक्षले वडा नं. ३ का जनप्रतिनिधिलाई विविध विषयमा छलफलका लागि आयोजित कार्यक्रममा भएको छलफलको अडियो रेकर्ड विना अनुमति बाहिर सार्वजनिक भएको साथै उपाध्यक्षले जनप्रतिनिधिमाथि लगाइएको आरोपहरु क्रमशः अध्यक्षको सोझोपन, नियम कानून नबुझेका जनप्रतिनिधि, हचुवाका तालमा आएका जनप्रतिनिधि, हावा तालका जनप्रतिनिधि भन्ने भनाइप्रति हामी लगायत सिङ्गो पाणिनि गाउँपालिकाका जनताप्रति गरिएको अपमान र लाचारीपनको प्रस्तुतिले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उपाध्यक्ष बोल्ने क्रममा व्याक्त गरिएका शब्दहरु महिला हिंसा, असुरक्षित महसुस भई सुरक्षाको ग्यारेन्टी गरेपश्चात गाउँपालिका आउने भन्ने भनाइले सिङ्गो गाउँपालिकाले नै के गर्न खोजेको हो ? कता जान खोजेको हो ?

आफ्नो पदीय दायित्व र मर्यादा के हो ? भन्ने जस्ता थुप्रै प्रशनहरु खडा भएका छन् ।
निजको भनाइले हामी निर्वाचित जनप्रतिनिधिहरुको मान मर्यादा, सभ्यता, शिष्टता माथि नै प्रश्न उब्जिएका छन् । नेपालको सविंधानले गाउँपालिका उपाध्यक्षलाई न्यायिक समितिको संयोजक रहने व्यवस्था गरेको अवस्थामा आम जनतालाई न्याय दिलाउने ज़िम्मेदार व्यक्ति नै अन्यायमा परेको महसुस हुनुले हामी निर्जल्लित भएका छौ । निजलाई कसले, कुन व्यक्तिले, कुन संस्थाले अन्याय गरेको हो ? यसको सत्यतथ्य छानबिन गरी यथासिघ्र प्रतिवेदन सार्वजनिक गर्न जोडदार माग गर्दछौ । उक्त विषयमाथि तत्काल छानविन गरी प्रतिवेदन सार्वजनिक नगरुन्जेल हामीहरु त्यहाँ गाउँपालिकाको कुनै पनि बैठक तथा कार्यक्रमहरुमा सहभागी नहुने जानकारी गराउँछौ ।” भनिएको छ ।

पाणिनि गाँउ पालिका वडा नं ६ मा आयोजित एक फरक कार्यक्रममा वोल्दै ६ नं वडा अध्यक्ष पौडेलले हामीहरु उपाध्यक्षको अभिव्यक्ति प्रति पुर्ण रुपमा असन्तुष्ट छौ पाणिनि गाँउ पालिका उपाध्यक्षले आफ्ना गल्तिलाई सुधार नगरेमा पत्रकार सम्मेलन गरेर विरोधका थप सशक्त कार्यक्रम समेत संचालन गर्ने अवस्था आउने चेतावनी समेत दिनु भएको छ ।

तस्वीर- डिआरजी सुमन/अर्घाखाँची डटकम् दुर्गाफाँट ,अर्घाखाँची ।

 

 

अन्य समाचारहरु