राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान  ८ औं  महाधिवेशन :   कलाकार ,एरेन्जर तथा संगीतकार विश्वास नेपालद्वारा  केन्द्रिय सदस्य पदमा  उम्मेदवारी दर्ता 

 

 

-अनिल नेपाली ,अर्घाखाचीडट्कम।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको ८ औं केन्द्रीय महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्य पदमा अर्घाखाँचीका बिश्वास नेपालले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।

लामाेसमय देखि कला क्षेत्रमा आफ्नो जिवन व्यतित गर्नु भएका नेपाली अर्घाखाँची जिल्लाकाे सन्धिर्खक नगरपालिका निवासी हुनुहुन्छ ।

सामान्य परिवारमा जन्मेर कला क्षेत्रमा आफ्नो जिवन व्यतित गर्नु भएका कलाकार नेपाल एक बहुमुखी प्रतिभाशाली ,ब्यक्तिका रूपमा आफ्नो पहिचान बनाईसक्नु भएको छ । कलाकार बिश्वास नेपालले दर्जनाै गितहरू बजारमा ल्याईसक्नु भएको छ भने कलाकारीता क्षेत्रका बिभिन्न सघ सस्थामा नेतृत्व दायी भुमिका निर्वाह गरिसक्नु भएको छ।

जिवनका बिभिन्न आराेह अबराेधलाई कला क्षेत्रका माध्यमबाट गित र सगितमा रूपान्तरण गरेर आफ्नोे पहिचान बनाउनु भएका नेपालीले कला क्षेत्रलाई नै मुख्य पेशा बनाउनुभएकाे छ ।

नेपालले सस्थालाई सशत विश्वसनीय बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएकाे छ । नेपाल कुरा भन्दा काममा बिश्वास गर्नु हुन्छ ।