

-हरी कुँवर, काठमाडौं ।
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छिन् ।

शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत बनेकी हुन् ।

जसको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा , प्रथम उपाध्यक्ष रामजी खाड ठकुरी, महासचिब शिव हमाल,उपमहासचिब हरि डाङ्गी, उपत्यका सचिब प्रकाश सपुत , साङठनिक सचिब पि एन सापकोटा ,सह-सचिब साङठानिक तारानाथ आचार्य सह-सचिबमा बिदेश दुर्गा पङेग्नी चयन भएका हुन ।
यस्तो छ ,नयाँ कार्य समिती :




