सितगंगा नगरपालिका : फागुन १५ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय

 

-अर्घाखाची डट्कम सम्बाददाता।

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाभित्र जनजातिको बसाेबास रहेकाे उनीहरूको आफ्नै संस्कृति भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेकोे प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत झविन्द् खनालद्वारा हस्ताक्षरित गरिएको प्रेस बिज्ञप्तीमा स्थानीय जातजाति, भाषाभाषी र संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

नगरपालिका भित्र रहेका वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा संघ संस्थाहरू बन्द रहने नगरपालिकाले जनाएको छ।

प्रेस विज्ञप्ति :

 

No description available.

images

 

images

अन्य समाचारहरु