मगर दिवस : लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती द्वारा मगर दिवसको अबसरमा शुभकामना ब्यक्त ।

Annil Nepali
अनिल नेपाली , अर्घाखाची डट्कम । 
बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानहरुलाई प्रवद्र्धन र संरक्षणमा सक्रिय हुन आग्रह गरेका छन् ।
४१ औं मगर स्थापना दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्दै उनले मगर सभ्यताको चर्चा गरेका हुन्।सभामुख घर्तीमगरले मगर समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको चर्चा गर्दै मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका छन्।
No description available.
मगर समुदायको आफ्नै पुर्खाैली थातथलो, जातीय भाषा, लिपी मौलिक संस्कार संस्कृति कला बोकेको बहुआयमिक पहिचान जसको आफ्नै सरल मगरांती जीवन शैली छ,” शुभकामना सन्देशमा भनिएको छ, “आदिवासी जनजातिमा सूचिकृत यो समुदाय जनसांख्यीयकोणबाट सबै भन्दा ठूलो समुदाय हो र यस समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको कुरा हामी कहिलै भुल्न सक्दैनौ ।
”मगर जातिको विशेषता भनेको सोझो, मेहनती इमान्दारी, देशभक्त, कर्मठ र विश्वासीलो भएकाले यो विशेषतालाई कायम राख्न र संस्कृतीको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको घर्तीमगरको भनाई छ ।
“विश्भर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ । सबै मगर समुदायलाई एकताको मालामा गांस्ने दिनको रुपमा मगर दिवसलाई मनाउनु पर्छ,” उनले भनेका छन्
शुभकामना: 
No description available.