✍️रङ्ग खोज्दै हिडदा✍️

 

No description available.   -✍️माधब भुसाल (साने)

 

✍️रङ्ग खोज्दै हिडदा✍️

यहाँ कोगर्दै छ कुरा होलिको?
को गर्दैछ कुरा रङ्गहरुको?
को गर्दैछ तमासा उराठ्लाग्दा उमंगहरुको ?

किन हो किन ?
आजकल मलाई रङ्गहरु मनपर्दैन
तैपनि म खोजिरहेछु ,
खै म के खोजिरहेछु,
बेरङ्ग जिन्दगिको गोरेटोमा
हरायको रंगिन रंगिन सपनाले भरियको
झोलाको रङ्ग खोजिरहेछु ।

कालो बादल माथी
निलो आकाशमा
हरियो पासपोर्टभित्र
भबिस्यको सुनौलो रङ्ग खोजिरहेछु ।

आफनै अगाडि कानुनकै बलात्कार भैइरह्दा पनि चुपचाप
बसिरहने संविधानको बैकल्पिक रङ्ग खोजिरहेछु।

म हरायको तिम्रो आखाको नानी नदेख्दा एकै छिन
पनि सायद इन्द्रेणीमा पनि त मायाको रङ खोजिरहेछु।

फुटालेर धर्तिको छाती ,खेल्दै रोपाईको हिलोमा हिलोकै होलि म त सायद पसिनाको रङ्ग खोजिरहेछु।

आज,
पानी चुहिने घरको छानो फेरिसकदा
पनि प्रत्येक कुराकानिमा
आँसु चुहाईरहने आमाको आँखाको छानो देख्दा
आसुकै रङ्ग खोजिरहेछु।

आन्दोलन्को नाममा बगाईएका रगतको खोलामा पुगि म किन
मेरो देशको झण्डामा सायदै कहिलै सम्बृधिको रङ्ग खोजिरहेछु ?

खै म यहाँ के खोजिरहेछु ।
सायदै
आँसु
पसिना
पानी
अनि समृद्धिको रङ्ग खोज्दै हिडदा
हरायको आफ्नै मन खोजीरहेछु।
हरायको मन सङै हरायका अतित जोगाइराख्ने यादहरु खोजिरहेछु।
कि म बाटोमै छोदियका सपनाहरु खोजिरहेछु।
साथी
यदि यतै कतै भेट्यौं भने मेरो मन,
कित:उस्लाई देखाईदिनु ती सबचिजको रङ्ग
अनि खेल्नु होलि मलाई मनपर्ने खुसी अनि समृद्धिको रङ्ग लिएर,
सुखी नेपाली अनि समृद्ध नेपालको नया ढंग लियर,
यात :उस्लाई सुनाई दिनु पानीको कुनै रङ्ग हुदैन।

आज म पनि त फेरि खोजिरहेछु
तेसै गरि
मेरा कुण्ठित इच्छा,चाहाना अनि सपनाहरुको रङ्ग ,
जसरी हिडको थियो मेरो मन पानीको रङ्ग खोज्न!

 

लेखक  -✍️माधब भुसाल (साने)