लोप हुदै गुन्द्री : गुन्द्री बुन्ने चलन लोप हुदै ,छैन कसैलाई चाँसो ! (तस्बिर सहित)

 

 

 

-दिपेन्द्र पौडेल,अर्घाखाची डट्कम । 

अर्घाखाची – गाँउघरमा बुनेर तयार गरिने परालका गुन्द्रीको प्रयोग घटदैछ, प्लास्टिकका चटाई चकटिहरुको प्रयोग बढेको छ ।

No description available.

घरायसी आबस्यकताका धेरै जसो सामाग्री स्थानीय श्रोत साधनको प्रयोग गरेर बनाइन्थ्यो तर त्यो अबस्था बिस्तारै निरुत्साहित हुँदै छ । चुत्राबेसीका एक व्यवसायीका अनुसार केही वर्षयता प्लास्टिकका चटाई, गुन्द्री, दाम्लो ,नाङ्लोको माग गुणात्मक रूपमा बढेको छ । ‘पहिला बजारमा बस्नेहरुले खोज्थे ‘हिजोआज गाउँघरमा बस्नेहरुले धेरैनै किनेर लैजान्छ्न ।’ बर्सेनि प्लास्टिक चटाई गुन्द्रीको खपत बढेको छ उनले बताए ।

प्लास्टिकका गुन्द्री स्वास्थ्य र वातावरणीय हिसाबले प्रतिकूल भएतापनी सस्तो सहजका लागि प्रयोग गर्नेहरू दिनानुदिन बढेको बढ्यै छन् । गाउँका मानिसहरू पनि अल्छी तर बिलासी भएकाले पनि श्रम गर्ने दुख गर्ने बानी विस्तारै घटदै जाँदा गुन्द्री बुन्ने क्रम ओझेलमा परेको हो।

images

No description available.

पहिले प्रतेयक गाउँका घरघरैमै गुन्द्रीबुन्ने ताना लगाउने गरिन्थ्यो तर आजकाल गुन्द्री बुनेको बिरलै देख्न पाइन्छ। भुमिकास्थान नगरपालिका ८ बस्ने लक्ष्मण बिक भन्छ्न पैसा खर्च गर्दा सुविधा पाइने भएपछि श्रम गर्ने बानी घटेको छ तर मेरो घरमा आमा श्रीमती भने अझै गुन्द्री बुन्दै छ्न ।

images

No description available.

परम्परागत प्राविधि निरन्तर रूपमा ओझेल पर्दैछ उनले भने । भुमिकास्थान ८ निमडँडा बस्ने ७५ बर्षिया प्रेमकला पौडेल भन्नुहुन्छ, माघको पहिलो सातादेखि फाल्गुणको अन्तिम सातासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तन्किएकाउदै गुन्द्रा बुन्थे ,अहिले त बुढ्याउली लाग्यो एक्कै छिन रहर मात्रै हो पहिला बाबियोलाई ताउलोमा पकाएर रातभरि रसि बनाइन्थो र बिहान पराललाई पानीमा भिजाएर एघार,११ तेर्ह ,१३ सात७ घरे गुन्द्री लगाइन्थियो। अहिलेका बुहारीलाई भनिसक्नु छैन उल्टै खिसिटिउरी गर्छ्न किन सात ,तेर्ह ,एघार मात्रै भन्ने मेरो प्रश्नमा यस् अकं शाब्दिक अर्थ रहेको उहाँको भनाइ थियोे।

images

Traditional-style mattress! - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

पहिले पलास्टिकका चकटा आउदैन्थे सासू–बुहारी, आमा–छोरी वा नन्द दिदी–बहिनीले काठको हतासोले ‘झ्याक–झ्याक’ गर्दै गुन्द्री कस्दै बुन्नदथ्यौ हरेक वर्ष जाडो सिजनमा गुन्द्री बुन्ने गरिन्थ्यो उहाँको कथन थियो । पुरानो परम्परा भने आधुनिकता संगै बिस्तारै हराउँदै गएको छ ।

No description available.

हिजोआज चकटि गुन्द्री सुकुल बुन्ने चलन फाट्टफुट्ट मात्र भेटिन्छ । गाउँमा कहीँ कतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । पुराना परम्परागत प्राविधिलाई पुस्ता हस्तान्तरण नगर्ने हो भने हामी परनिर्भर तिर धकेलिने छौ ।डोरीको तानमा पराल मिलाएर राखेपछि पूरा एकदिनमा तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ ।

Nepal life insurance

Nepali Treasure: GUNDRI (गुन्द्री)

बजारमा सजिलै सस्तैमा पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । स्थानीय सरकारले पनि यस् गुन्द्री डोको नाङ्लो लगाएतका घरेलु प्राविधिलाई सहयोग पुर्याउने खालका तालिम सीप सिकाएको खण्डमा यस्ता पुराना तर दैनिक आबस्यक पर्ने बस्तुहरु गाउँघरमै उत्पादन हुने देखिन्छ ।