विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई जनही १ लाख

spot_img

 

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी वर्ष श्रीलंकामा हुने आर्यसीसी यू १९ विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

क्यानले यू १९ टोलीलाई बधाई दिँदै टोलीको सफलताको कदर गरी पुरस्कार रकम दिने घोषाणा गरेको हो।  बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि यू १९ विश्वकपमा पुगेके हो।

विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई जनही १ लाख

यसअघि सन् २०१९ मा भएको खेलमा नेपाल युएइएसँग पराजित हुँदै विश्वकपमा पुग्नबाट बन्चित भएको थियो।  त्यसअघि नेपालले सन् २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। त्यसयता नेपालले विश्वकप खेल्न पाएको छैन।  नेपालले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो।

दिपेश कँडेलको ह्याट्रिकमा नेपाल विश्वकपमा छनोट

त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८।५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो।